
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदासलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आज दिउँसो भुमि सुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिब्छ महतोलाई अख्तियारका टोली सेवाग्राहीबाट लिदै गर्दा पक्राउ गर्न सफल भएको छ ।
आयोगका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए । रकम नदिएको खण्डमा जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको अख्तियार बर्दिवासले जनाएको छ ।