
रामईश्वर ठाकुर,
बर्दिबास, १७ असार ।
लायन्स क्लव अफ बर्दिबास समाजले आज मङ्गलबार नयाँ नेतृत्वलाई पद हस्तान्तरणसँगै वृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । वाैद्धिक अपाङ्गता भएका हरुका लागि बर्दिबास-२ मा निर्मित आशा सी फाउण्डेशन विद्यालय परिसरमा वृक्षाराेपण गरिएकाे हाे ।
वाैद्धिक अपाङ्गता भएका हरुका लागि निर्मित विद्यालयमा आज अमला, हर्राेबर्राेलगायतका औषधीय गुणका ८० वटा विरुवा राेपण गरिएकाे छ । बर्दिबास नगरपालिकाका पूर्वप्रमुख विदुरकुमार कार्की, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु , नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्रफिक प्रहरी कार्यालयका अधिकारी , सञ्चारकर्मीसहित नागरिक समाजका अगुवाहरुकाे कार्यक्रममा सहभागिता थियाे ।
वृक्षाराेपणमा सहभागी सबैले आआफूले राेपेकाे बिरुवाकाे संरक्षणकाे जिम्मेवारी आफै लिने घाेषणा गरेका छन् ।
लायन्स क्लव अफ बर्दिबास समाजले आजै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेकाे छ । लायन्स क्लव अफ बर्दिबास समाजकाे नयाँ अध्यक्षकाे जिम्मेवारी वैकुण्ठ देवकाेटाले पाउनु भएकाे छ । कार्यक्रम निवर्तमान अध्यक्ष उमेशकुमार महताेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।