
बर्दिबास: बर्दिबास-९ स्थित पशुपतिनगरमा रहेको रातोखोलाको झुलुङ्गे पुलमा अज्ञात समूहद्वारा ठूलो क्षति पुर्याइएको छ।
अज्ञात समूहले पुलमाथि रहेको फलाम काटेर फ्याँकेको अवस्थामा पुलको संरचनामा ठूलो क्षति पुगेको छ। साथै, नट खोलेर फ्याँकेको छ, जसले पुलको सुरक्षा खतरा बढाएको छ।
स्थानीयहरूले यस घटनाबारे ठेकेदार, प्रहरी र राजनीतिक प्रतिनिधिहरूसँग जानकारी साझेदारी गर्दा पनि कुनै प्रभावकारी कदम उठाइएको छैन। यस कारण, झुलुङ्गे पुलबाट यात्रा गर्दा दुर्घटना हुने सम्भावना उच्च रहेको बताइएको छ।
पशुपतिनगरको पथलैया र बनरझुल्लालाई जोड्ने यो २५९ मीटर लम्बाइको पुल तीन वर्ष अघि मधेश प्रदेश सरकारले तीन करोड २९ लाखको लागतमा निर्माण गरेको थियो।