काठमाडौं । संयुक्त राष्ट्र संघको ८०औं स्थापना दिवस (UN Day–2025) को अवसरमा नेपाली सेनाले आज मिति २०८२ कार्तिक २० गते पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। कार्यक्रमका प्रमुख आतिथ्य प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल रहनुभएको थियो।

उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका अधिकारी, मित्रराष्ट्रका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू तथा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक र अन्य दर्जाका सैनिकहरूको उपस्थिति थियो।

नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सैनिक पठाउँदै आएको छ। हाल नेपाल विश्वकै पहिलो शान्ति सैनिक तथा महिला सैनिक खटाउने राष्ट्रको रूपमा रहेको छ। हाल विश्वका १० वटा मिसनहरूमा नेपाली सेनाका ५,८१९ जना शान्ति सैनिक कार्यरत छन्। विश्व शान्ति स्थापनाको क्रममा हालसम्म ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७५ जना घाइते भएका छन्।


२०८२ कार्तिक २१, शुक्रबार ०८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय