नेपलावणी नेटवर्क

जनकपुरधाम, कार्तिक ।

‘घुमुवा’ अर्थात् सादा पोसाकका प्रहरी ! नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ । जसलाई प्रहरीका सुरक्षा अधिकारीले लिखित वा आधिकारिक रुपमा चिन्दैनन् तर उनीहरुले नै आफ्नो मातहतमा विशेष सुरक्षा निगरानीको लागि राखेको हुन्छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय देखिन्छन् ।

घुमुवाहरु स्थानीय सुरक्षा प्रमुख कहाँ पैसा उठाएर पु¥याउने विश्वासिलो माध्यम बन्न थालेका छन् । घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यही वा आसपासका जिल्लाबाट पाउने गरेका छन्। केहीलाई उजुरीका आधारमा प्रहरी प्रमुखले दुर्गम क्षेत्रमा पनि सरुवा गरिदिएका छन् । तर, केही महिनामै प्रभावशाली व्यक्तिहरुको आडमा उनीहरू उही स्थानमा काजमा खटिरहेका भेटिन्छन् । जसको अग्रस्थानमा पर्छन सधै सादा पोशाकमा खटिएका प्रहरी सहायक हवल्दार धर्वेन्द्र यादव ! यो नाम महोत्तरीको हरेक तस्कर र तस्कर आसेपासे देखि लिएर जुवाडे र कौडि खेल्नेको मुखमै हुन्छ।

दशैं दिपावली र छठमा समेत कौडी र जुवा खेल खेलाउन महोत्तरीमा सक्रिय रुपमा यी प्रहरी हवल्दार यादवको हात रहे । दशैंको जुवा सेटिङ तिहार र छठ सम्म चलेपनि प्रहरी चौकीको मिलेमत्तोलाई जिल्ला प्रहरीको सक्रियताले महोत्तरीको बर्दिबास खैयरमारा र किसाननगरबाट १८ जना पक्राउ जुवाडे पक्राउ पछि भत्किएको छ ।

लामो समयसम्म सेटिङ्ग कायम राख्न वर्षौवर्ष देखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सादा पोशाकको प्रहरी धर्वेन्द्र यादवले तस्करी देखि भातरमा रक्सीको ओसार पोसार समेत गराउँछन् । हवल्दार तानिए, फेरि फर्किए मधेश प्रदेश प्रहरी प्रमुखमा तत्कालिन डिर्आजी यज्ञविनोद पोखरेल कार्यरत रहँदा महोत्तरीमा लामो समयसम्म आफ्नो रजगज जमाएको धर्मेन्द्र यादवलाई प्रहरीलाई गणमा तानेका थिए । तर, डिआईजी लालमणि आचार्यको कार्यकालमा उनीहरुलाई पुनः महोत्तरीमै घुमुवा प्रहरीको रूपमा खटाइएको छ । हाल भने मधेश प्रदेशका प्रहरी प्रमुखमा डिआईजी उमा चतुर्वेदी हुँदै गोविन्द थपलिया सम्म उनीहरु सादा पोशाककै प्रहरीको रुपमा रहेको छ ।

महोत्तरीका एक स्थानीय व्यापारीका अनुसार जुन एसपी डिआईजी आएपनि उनीहरुको विश्वास पात्र बन्न पुग्छन । तर जसको पनि विश्वास कसरी जमाउँछन भन्ने कुरा अचम्म छ । डिआईजी र एसपीको नाममा घुमुवा प्रहरी डर, त्रास र धम्की देखाउँदै व्यापारिक क्षेत्रमा भारतबाट आउने माल समानमा कमिशन असुली गर्छन् । ‘माथिको मान्छे हौं’ भन्दै जबर्जस्ती रकम असुल गर्ने गरेको व्यापारीहरुको भनाइ छ । महोत्तरीको सीमावर्ती चौकीहरु सम्सी, इटहर्वाकटी, पोखरभिन्डा, मटियानी, भिठामोड आदि क्षेत्रबाट खाद्यान्न समाग्री देखि कस्मेटिक सम्मको तस्करी गराउँछन् ।

यस्तै भारतबाट सुतिजन्य पदार्थ रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा, कुखुराका चल्ला जस्ता सामग्री नेपाल भित्राएर लाईन दिन्छन् ।


२०८२ कार्तिक २१, शुक्रबार ०९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय