रामईश्वर ठाकुर,
सीतापुर (महाेत्तरी) ११ पुस ।
महाेत्तरीकाे सीतापुरमा वर्ष २०२५ काे ख्रिष्टमस उत्सव मनाइएकाे छ । सीतापुरस्थित जीवनदाता चर्चमा यस वर्षकाे ख्रिष्टमस (क्रिसमस) उत्सव बिहीबार विभिन्न रचनात्मक कार्यक्रमबीच मनाइएकाे हाे ।
इसाई धर्मावलम्बीकाे याे मुख्य पर्वकाे अवसरमा देवदूत इशा मशिहकाे स्मरण गर्दै स्थानीय इसाईहरुले धार्मिक तथा सामाजिक सद्भावका लागि अपिल गरेका छन् । कार्यक्रममा भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साहले सबै इसाई धर्मावलम्बीमा ख्रिष्टमसकाे शुभकामना व्यक्त गर्नुभयाे ।
पर्वका अवसरमा सामूहिक प्रार्थनासँगै यशु भजन गाएर इसाईले उल्लासमय वातावरणमा ख्रिष्टमस मनाएका छन् ।


