आगामी निर्वाचन नेपालका लागि दिशा परिवर्तन गर्ने ठूलो अवसर हो । विगतका चुनावहरुले दिएको अस्थिर सरकार, पार्टीहरुको फेरबदल, अधुरो विकास, र जनतामा बढ्दो वितृष्णाले गर्दा अबको निर्वाचनप्रति अपेक्षा धेरै हुनु स्वभाविक हो ।

निर्वाचनबाट नयाँ अनुहार आउन जरुरी छ । राजनीति प्रति जनताको असन्तोषले मतदाताहरुमा इमानदार नेतृत्वत आउनुपर्ने मुख्य अपेक्षा हो । नागरिकलाई शिक्षा र स्वास्थ्यमा न्यूनतम पाउनुपर्ने आवश्यकतालाई सुनिश्चित गरी उठेको भरोषालाई स्थापित गराउन जनता स्वयंम चनाखो चुनाव मार्फत हुनुपर्छ । राजनीतिक परिवर्तन सबैभन्दा ठूलो अवसर निर्वाचन हो ।

निर्वाचनमा केवल सत्ताको दौड नभएर देशको भविष्य निर्धारण गर्ने निर्णायक बेला आउन लागेको छ । त्यसैले जनताको हितलाई केन्द्रमा राखेर इमानदार जनप्रतिनिधि हाम्रो अपेक्षा हो ।

विवेक सिंह
ईन्जिनियर


२०८२ माघ ८, बिहीबार १६:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय