नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुण ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामविनोद यादवले चुनाव केन्द्रीत घरदैलो अभियानको क्रममा व्यापक भिडभाड लाग्ने गरेको पाईएको छ । धनुषा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका रामविनोद यादवको घरदैलोमा पार्टी पंक्ति देखि आम नागरिकको भिड ओर्लिने गरेको देखिएको छ ।


रामविनोद यादवले घरदैलो गर्दा सोहि स्थानका आम।नागरिकहरुले उम्मेदवारलाई घरदैलो देखि वन टु वन कुराकानी गर्ने सम्मको काममा स्वतस्फूर्त रुपमा सघाउने गरेको पाईएको छ ।

बालेन र रास्वपाको क्रेजमा रामविनोदको समेत क्रेज हवात्तै बढेको छ । विहिवार धनुषाको औरही गाउपालिका स्थित पौडेश्वरमा घरदैलोको क्रममा आम नागरिक देखि पार्टी पंक्तिसम्मको भिड ओर्लिएको थियो । जतिजती निर्वाचन नजिकिदै गएको उनको समर्थक तथा निर्वाचनमा हौसला र उत्साह बढाउनेको सख्या बढदै गएको छ ।


अहिलेको निर्वाचनमा आम मतदाताले ‘लहर’ अनुसार मतदान गर्ने मानसाय बनाएका छन् । गएको माघ ५ गते बालेन जनकपुरधाम परिर्वतनको उद्घोष सभा सम्बोधन गरेपछि त्यसता मतदाताको मन बसेको देखिन्छ । पुनः गएको मंगलबार बालेन मधेशको निर्वाचन क्षेत्रमा पुग्दा मतदाता परिवर्तन हुने आश्वसत भएका छन् ।

उनको ‘रोड–सो’ ¥यालीलाई गाउँ–गाउँमा दलमा आवद्ध नभएका मतदाताले स्वफुर्त रुपमा स्वागत गरेका थिए । अन्य दललाई अहिले टाउको दुखाइको विषय यो पनि यही हो । संगठन नै नभएको दलको ¥यालीमा कसरी यति भिड र नागरिक पुगे भने आश्चर्यमा परिरहेको छ ।


२०८२ फाल्गुन १६, शनिबार १४:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय