नेपालवाणी डटकम
धनुषाधाम, फाल्गुन ।

देशभरि अहिले निर्वाचनमय बनेको बेलामा धनुषा १ का उम्मेदवार रामचन्द्र मण्डल आफु जित नजिक पुगेका बताएका छन् । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिईरहेको बेलामा मण्डलले घरदैलो सकाएर वन टुवनमा लागेका बेलामा नेपालवाणी डटकमसंग कुरा गर्दै जनताको उत्साह र लहर हेरेर आफु विजयी नजिक पुगेको दाबी गरे । मण्डलले मतदाता कहाँ पुगेर आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्र सहित आफुले सभामुख तथा सांसद हुँदा गरेका विकास निर्माणका योजनाहरुको फेरिहस्त लिएर मतदाताको घर–घर पुगिरहेका छन ।


धनुषा १ को चर्चित अनुहार मध्ये नेकपा एमालेका उम्मेदवार राचन्द्र मण्डल मतदातालाई गरेको विकास निर्माणको आधार र जनताको समस्याको समाधानका लागि सधै उभिरहने नेताको रुपमा आफ्नो परिचय लिएर मतदाता कहाँ पुग्ने भएको छ । धनुषा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार राचन्द्र ‘मास्टर साहेव’ ले धनुषाको विकास र राजनीतिमा पांँच दशक योगदान र विकास निर्माणमा पु¥याएकोले योगदानले जनताले आफूलाई चुन्नेमा ढुक्क छन् । ‘म मेरो विकास निर्माणको कामलाई जिम्मेवारी सहित गरेको हुनाले म जीतको नजिक पुगिसकेको छु । केवल नतिजामात्र आउन बांँकी छ’, मण्डलले भने ।


विगत एक दशक देखि धनुषा १ का नेकपा एमालेका कार्यकर्ता तथा समर्थकले भोट हाल्न नपाएको बताउंँदै यसपटक एमालेको भोट खेर नगए आफ्नो जीतलाई कसैले नरोक्ने मण्डलको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जाल र भीडको आधारमा चुनाव जित्ने आधार पनि एउटा पाटो भएको तथा आफ्नो घरदैलोको क्रममा पाएको अपार माया र साथ सहयोग नै चुनाव जित्ने विश्वासिलो आधार रहेको बताए ।


‘अहिले देश जलाउने र देश बनाउनेबीचको प्रतिस्पर्धा हो’, उनले भने, ‘यसपटक मतदाताले आफ्नो विवेकले आफ्नै भविष्य निर्माण गर्नुछ । मैले यहाँको माटो देखि पानी सम्म र जनताको दुःख देखि दर्दमा सधै साथ रहेको छु र रहनेछु । जनताको अपार माया र स्नेहको परिणाम स्वरुप म विजयी हुन्छु भन्ने विश्वास छ ।’

‘मैले यस क्षेत्रको हरेक नागरिकको समस्या नजिकबाट नियालेको छु । मलाई पनि उहांँहरुले राम्रोसंँग चिन्नु भएको छ’, उनले भने, ‘मैले जितेर आएमा यो क्षेत्रको शिक्षा, कृषि, पर्यटन, विकास, रोजगारी, सिंचाई नै मेरो पहिलो प्राथमिकता रहनेछ ।’


२०८२ फाल्गुन १६, शनिबार १६:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय