गोविन्द महतो
जनकपुरधाम, मंसिर ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरे । सपथ ग्रहण समारोहमा जसपाका एक मुख्यमन्त्री मो. लालबाबु राउत उपस्थित थिए तर त्यही जसपाकै अर्का मुख्यमन्त्री जितेन्द्र प्रसार सोनार अनुपस्थित थिए ।
जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले मुख्यमन्त्री पदको सपथ ग्रहण गरिरहदा पूर्वमुख्यमन्त्रीहरु सतिष कुमार सिंह, एमालेका सरोज कुमार यादव, नेपाली काँग्रेसका कृष्णा प्रसाद यादव सहितकाहरु अनुपस्थित थिए । उनी मात्रै होईन उनको दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु समेत अनुपस्थित रहेका थिए ।
जसपा नेपालबाट सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दा उनको दलभित्रै असन्तुष्टि चुलिएको छ । तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीबाट जनता समाजवादी पार्टीमा समाहित भएको पार्टीको तर्फबाट जितेन्द्र सोनारलाई मुख्यमन्त्री बनाउन महन्त ठाकुर सहित उपेन्द्र यादव स्वयंम जनकपुरधाम आएका थिए । तर उनीहरुको प्रयास असफल रहयो ।
मुख्यमन्त्रीको विवाद मिलाउन काठमाण्डौंबाट जनकपुरधाम आएका महन्त ठाकुर र उपेन्द्र यादवले अन्तिम समयसम्म पार्टीभित्रको असन्तुष्टि र अन्य दललाई मिलाउन कसरत गरिरहे । तर मुख्यमन्त्री बनाउने कसरत भने एमालेको अडानले अडकियो । यता प्रदेश प्रमुखले दिएको शुक्रवार ४ बजेको समयमा कुनै पनि दलले दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सकेन् । तर अन्तिम समयमा नेकपा एमालेका सरोज कुमार यादव, नेपाली काँग्रेसका कृष्णा प्रसाद यादव र नेकपाका युवराज भट्टराईले प्रदेश प्रमुख समक्ष पुनः संविधानको १६८ को धारा (२) बमोजिम सरकार गठनको लिखित माग गरे ।
प्रदेश प्रमुख कार्यालयले झण्डै १६ घण्टो लामो छलफल र कानूनी सल्लाहपछि नेपालको संविधान १६८ को धारा (३) बमोजिम प्रदेशसभा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरिदिए ।
उपेन्द्र र महन्तको रोजाइ सोनार
मधेशको सत्ता समीरकण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्म लबिङ्ग गरेका उपेन्द्र यादवको पहिलो रोजाईमा जितेन्द्र प्रसाद सोनर थिए । काठमाण्डौंबाट मधेशको सत्ता समिकरण मिलाउन आएका जसपाका संघीय परिषद् अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव जनकपुर आएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवले लोसपा पार्टी समायोजनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका जितेन्द्र सोनारलाई मुख्यमन्त्री बनाउन सुरुदेखि नै लविङ्ग गरिरहेका थिए । उपेन्द्र यादवको पहिलो रोजाइ जितेन्द्र सोनार र दोश्रोमा मुख्यमन्त्री लालबाबु राउत थियो । तर जसपा नेतृत्वको सरकारलाई एमालेले सघाउने सहमति कार्यान्वयन हुन सकेन् ।
नेपाली काँग्रेस नेतृत्व कृष्णा प्रसाद यादव नेतृत्वको सरकारमा एमाले सहभागि हुँदाहुँदै विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले संसदबाट राजिनामा ग¥यो । एमालेले जसपा नेपाल नेतृत्वको सरकारमा जाने वचन बमोजिम जसपा नेतृत्वको सरकार बन्ने तरखरमा हुँदा एमालेले बार्गेनिङ्ग थाल्यो । तर प्रदेश प्रमुखले दिएको समयभित्र कुनै पनि दलले समर्थ जुटाउन सकेन् ।
प्रदेश प्रमुख कार्यालयले निर्धारण गरेको समय सिमाभित्र कसैले पनि दलको समर्थन जुटाउन सकेन । नेपाली काँग्रेस नेकपा एमाले र नेकपाले समय थपको माग ग¥यो । तर प्रदेश प्रमुखले संविधान १६८ को धारा (३) बमोजिम प्रदेशसभामा नेतृत्व गर्ने सबैभन्दा ठुलो दलको हैसियतमा सरोज कुमार यादवलाई नियुक्त गरिदिए । जसले गर्दा उपेन्द्र यादव र महन्त ठाकुरको योजनामा तुषारापात भएको छ ।
यद्यपि, एमालेकै चलखेलका कारण अहिले जसपा ठूलो दलको हैसियतमा सत्ताको नेतृत्वमा पुगेको छ । तर संविधानको धारा १६८ को ३ बमोजिम शनिबार मुख्यमन्त्री बनेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले ३० दिनभित्र विश्वासको मत पाउलान् कि नपाउलान् भन्ने संसय कायमै छ ।


