गोविन्द महतो
जनकपुरधाम, मंसिर ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त रुपमा उद्घाटन गर्ने अयोध्या–जनकपुर रेल सेवाले दुई देशको समबन्ध थप बलियो हुने बताएका छन् । योगी आदित्यनाथले अयोध्या र मिथिला बीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अयोध्या–जनकपुरधाम रेल सेवाले थप टेवा पु¥याउने बताएका हुन् ।

अयोध्याबाट जनकपुरधाम सम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा बारे मुख्यमन्त्री आदित्यनाथले अयोध्या र मिथिला दुई संस्कृतिको पवित्र पौराणिक मिलन भएको उल्लेख गरे । मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रेल सेवा सञ्चालनका लागि धन्यवाद दिँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिलाई स्वागत योग्य ऐतिहासिक क्षणका रुपमा बताएका छन् ।

रेल सेवाबाट नेपालका श्रद्धालुलाई अयोध्या पुगेर रामललाको दर्शन गर्न तथा भारतका श्रद्धालुलाई जनकपुरधाम पुगेर माता जानकीको दर्शन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल–भारत बीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको उल्लेख गर्दै उनले यसलाई आस्था, आत्मीयता र पारिवारिक सम्बन्धले जोडिएको ‘रोटी–बेटी’को सम्बन्धका रुपमा चित्रण गरेका छन् ।

राम–लक्ष्मण महर्षि विश्वामित्रसँग मिथिला पुगेको र त्यसपछि राजा दशरथ जन्ती लिएर जनकपुरधाम आएको पौराणिक प्रसङ्ग स्मरण गर्दै उनले विवाहपञ्चमी जस्ता पर्वले आज पनि दुई देशको सांस्कृतिक सम्बन्धलाई जीवन्त राखेको बताए । उनले भने, ‘अयोध्याका मानिस आज पनि जनकपुरलाई ससुराली भन्छन् भने मिथिलाका मानिस भगवान् श्रीरामलाई पाहुन भनेर सम्मान गर्छन ।’

राममन्दिरको प्राणप्रतिष्ठाका बेला जनकपुरधामबाट सयौँ श्रद्धालु उपहार सहित अयोध्या पुगेको प्रसंगलाई स्मरण गर्दै रामजन्मभूमि आन्दोलन देखि मन्दिर निर्माणसम्म नेपाली साधुसन्त, तथा श्रद्धालुभक्तजनको योगदान स्मरणीय रहेको उनको भनाइ थियो ।


२०८३ मंसिर ८, सोमबार १६:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय