काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।

प्रवक्ता गौतमले देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेको जानकारी दिए।

त्यस्तै पछिल्ले २४ घण्टमा २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

२०७७ श्रावण ३०, शुक्रबार १६:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय