• राहुल यादव

विश्व व्यापी रुपमा फैलिदै गएको  कोभिड -१९ (कोरोना भाईरस) हाल नेपालमा पनि व्यापक रुपमा  फैलिएको छ । करिब ४ महिना बितिसक्दा पनि नेपाल जस्तो न्यून जनसंख्या भएको देश कोरोना भाइरसलाई नियन्त्रणमा लिनसकेका छैनन् ।

नेपालमा यदि पूर्ण रुपमा कोरोना नियन्त्रण गर्नुछ भने प्रत्येक घर-घरमा PCR TEST गर्नु अतिनै आवश्यक देखिन्छन् । केहि दिन आगाडी लकडाउन खुकुलो गर्दा कोरोना भाइरसको संक्रमण बढी नै फैलिएको देखिएको  छ । तसर्थ घर-घरमा PCR TEST हुनु अति आवश्यक रहेको देखिन्छन् ।

सरकार कोरोना नियन्त्रणमा असफल भैरहेका छन् । संघिय सरकार, प्रदेश सरकार र स्थानीय तह गरि तीन तहको सरकार भएपनि कोरोना भाइरसको संक्रमण नियन्त्रण नहुनु तथा क्वारेन्टाईनका लागि केन्द्रबाट अरबौंको  बजेट विनियोजन गर्दा पनि बजेट पुर्ण रुपमा कार्यान्वयण हुन सकेका छैनन् ।

सरकारले PCR TEST को दायरा बढाउनु पर्छ कतिपय ठाउँमा PCR-Test नहुँदा आत्महत्या गरेको पाईन्छ । हाम्रो नेपाली समाजमा कोरोना संक्रमित व्यक्तिलाई  बेग्लै नजरले हेर्ने गरिएको पाइन्छ । तसर्थ समयमै PCR TEST गरेर देशको बचाउन सकिन्छ ।

लेखक यादव कक्षा १० मा अध्यनरत विद्यार्थी हुन् ।

२०७७ श्रावण ३१, शनिबार ०९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय