काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज १३ हजार ४६१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ।

२०७७ भाद्र २, मंगलवार १६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय