
काठमाडौं : नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो ।