
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित पसल एवं होटल अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ ।
हुम्ला उद्योग वाणिज्य सङ्घको बुधवार बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले बजारमा सञ्चालित पसल, होटल तथा अन्य व्यवसाय आजदेखि बन्द गराउने निर्णय गरेको थियो ।
जिल्लामा तीन नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि सिमकोट बजार क्षेत्र बन्द गरिएको हो ।