काठमाडौं । प्रदेश नं ५ को राजधानी दाङ र लुम्बिनी नामाकरण गरिएको छ ।

आज बसेको प्रदेश नं ५ को प्रदेश सभाको बैठकले मतदान प्रक्रियाबाट दुई तिहाइको बहुमतले उक्त कुरा पारित गरेको हो ।

नेपालको धारा ८८ को उपधारा २ बमोजिम प्रदेशको राजधानी र नामाकरण गरेको हो । हाल प्रदेश सभामा ८७ जनामा जना सदस्यहरु रहेका छन् । जसमध्ये ८२ जनाको मत प्राप्त भएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले राखेको प्रस्तावको आधारमा दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीको राप्ती उपत्यकाको देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकेको हो ।

उक्त प्रस्तावको पक्षमा ६९ मत प्राप्त भएको र उक्त प्रस्तावको विपक्षमा १३ मत परेको थियो ।

प्रदेशको नाम र स्थायी राजधानीको विषयलाई लिएर भएको ठुलो विवादपछि आज प्रदेश सभाले उपस्थित मध्ये दुई तिहाई बहुमतको आधारमा संवैधानिक व्यवस्था अनुसार बहुमतले प्रदेशको नाम र स्थायी राजधानी पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त विषयमा विरोध जनाउँदै आएको थियो । सोमवार बसेको बैठकमा प्रतिपक्षी दलले आपत्ती जनाउँदै तोडफोड समेत गरेको थियो ।

२०७७ आश्विन २०, मंगलवार १६:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय