
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४९९ जना संक्रमित भएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उपत्यकामा मात्रै २७२० जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०५४८८ रहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।