जनकपुरधाम: प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ८२ जना कोरोनामुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका तथा घरमै होमआइसोलेशन बसेका ६९ पुरुष र १२ जना महिला बिहीबार कोरोनामुक्त भएका हुन् ।

प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय तीन पुगेको छ । तीमध्ये एक सय ६७ जनाको मृत्यु भएको छ भने १३ हजार छ सय ९८ जना कोरोनामुक्त भएका छन् ।

२०७७ कार्तिक १३, बिहीबार १९:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय