काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप २४ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ९ सय ८४ जना पुगेको छ।

सोमबार देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ।

२०७७ कार्तिक १७, सोमबार १६:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय