जनकपुरधाम : कोरोनाका विरामी बोक्ने एम्बुलेन्स चालकलाई जनकपुर जेसिजले सुरक्षा सामग्री वितरण गरेको छ ।

‘जेसिज सप्ताह कार्यक्रम’को आज छैठौं दिन जनकपुर जेसिजले एम्बुलेन्स चालकहरुलाई पिपिई, फेस सिल्ड र मास्क वितरण गरेको हो । जसपाका केन्द्रीय सदस्य अनिल महासेठको प्रमुख आतिथ्य र जेसिज २०२० का उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा भएको कार्यक्रमबीच एम्बुलेन्स चालकहरुलाई सुरक्षा सामग्री वितरण गरिएको छ ।

उपाध्यक्ष साहले २५ एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री वितरण गरेको जानकारी दिए । उनले भने, ‘ज्यानको प्रवाह नगरी एम्बुलेन्स चालकहरु कोरोनाका विरामी बोक्छन् । तर सुरक्षा सामग्रीको अभाव हुने गरेको थाहा पाएर सहयोग गरेका छौं ।’

कार्यक्रमका प्रमुख अतिथि रहेको जसपाका केन्द्रीय सदस्य महासेठले एम्बुलेन्स चालकहरुको प्रसँसा गरे । शिर झुकाएर एम्बुलेन्स चालकहरुलाई नमन गर्दै उनले भने, ‘तपाईहरुको कामको जति प्रसंसा गर्दा पनि कम हुन्छ ।’

कार्यक्रममा प्रमुख अतिथि महासेठलाई जेसिज अध्यक्ष गौतम साहले मायाको चिनो प्रदान गरेका थिए ।

२०७७ कार्तिक २५, मंगलवार १७:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय