
काठमाडौँ: भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४५ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख ७३ हजार २४३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ६१ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।