
काठमाडौँ: भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।