
काठमाडौँ: विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् ।
आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ ।
हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।