
नेपालवाणी संवाददाता
बर्दिबास,महाेत्तरी
हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक बदली आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले आगामी २४ घण्टे चेतावनी सुचक जारी गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १७ गते (बुधबार)
दिउँसो ः बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ः गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १८ गते (बिहिबार)
दिउँसो ः लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ः लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १९ गते (शुक्रबार)
दिउँसो ः देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।
राती ः देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।