काठमाडौं :  हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ रहेको छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राती : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ तथा देशका अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १ का पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले २४ घण्टे चेतावनी सुचक जारी गरेको छ ।

२०७७ मंसिर १८, बिहीबार ०८:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय