काठमाडौँ : अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।

कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

२०७७ मंसिर २८, आईतवार ०६:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय