
काठमाडौँ : भारतको गुजरातमा फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गम्भीर घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।
उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जनाइएको छ ।