एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् । उनी बुधबार साँझ आफ्नो निवास फ्लोरिडा सरेका हुन् । बिदाइ सम्बोधनका क्रममा ट्रम्पले ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।

सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरूको बीच फर्किनेछु ।’
ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाइ दिँदै आफूले बाहिरबाटै सरकारको कामबारबाहीबारे निगरानी गर्ने प्रतिक्रिया दिए ।

सीएनएनका अनुसार ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदा नयाँ राष्ट्रपति बाइडेनलाई एक सन्देश (पत्र) समेत छाडेका छन् । यद्यपी उनले सन्देशमा के लेखेका भन्नेबारे खुलिसकेको छैन । यसअघि पनि निवर्तमान राष्ट्रपतिले नयाँ राष्ट्रपतिलाई सन्देश छाड्ने प्रचलन रहेको थियो ।

२०७७ माघ ८, बिहीबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय