काठमाडाैं : चिनी उद्योगी राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन् ।

अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

नवलपरासी पश्चिममा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग उनको स्वामित्वमा रहेको छ ।

उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७७ माघ १५, बिहीबार ०८:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय