विजय साह  
जनकपुरधाम : नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ।

धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो।

पक्राउ पर्ने कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ बजे धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेका कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस रकम लिएका थिए।

सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ।

२०७७ माघ १६, शुक्रबार १९:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय