
एजेन्सी : बलिउड अभिनेत्री निधि अग्रवालले अहिलेसम्म खासै धेरै फिल्ममा काम गरेकी छैनन् । उनले दुई तमिल फिल्ममा मात्र काम गरे पनि उनका प्रशंसकको संख्या निकै ठूलो छ ।
आइतबार उनका लागि त झन् विशेष दिन भएको छ । किनकि उनका लागि अब चेन्नईमा एउटा मन्दीर बनेको छ । अनि उनका प्रशंसकले उनको पूजा गर्न थालेका छन् । निधिले यो थाहा पाएपछि आफू हैरान भएको मात्र बताएकी छैनन्, प्रशंसकहरुलाई धन्यवाद पनि दिएकी छिन् ।
यसअघि भारतमा सोनु सुदको पनि मूर्ति बनाएर पूजा गरिएको थियो ।