
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएको बीबीसीले जनाएको छ ।
उनले पहिलो डोज लिएका हुन् । मोदीले भारतलाई कोरोनामुक्त बनाउने अभियानमा सबैको साथ अनिवार्य रहेको बताएका छन् ।