२०७७ फागुन १८ गते, मंगलवार, २ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष तृतीया तिथि (९ः०२ बजेदेखि चतुर्थी), हस्त नक्षत्र (८ः४५ बजेदेखि चित्रा), चन्द्रराशि– कन्या।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभ कार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधुरो काम पूरा हुने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानी प्रशस्तै बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्ला । दाम्पत्य सुखले प्रफुल्लित गराउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा पनि सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था पनि आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । (ज्योतिषाचार्य) ई. बिबेक ९८१२००५३७८
२०७७ फाल्गुन १८, मंगलवार ०५:१७मा प्रकाशित

