एजेन्सी : भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।

भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ ।

मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । File Photo

२०७७ फाल्गुन २५, मंगलवार ०९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय