जनकपुरधाम : अन्तर्राष्ट्रिय नारा सहित मुलुकभर विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा महिला न्याय तथा अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ संस्थाले गोष्ठी र अन्तरक्रिया गरेर महिलामाथि भइरहेका हिंसा र विभेदमाथि बहस गरेका छन् । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार मुल नाराका साथ १११ औं अन्तरािष्ट्रय महिला दिवस शहिदनगर नगरपालिकामा समेत मनाईएको छ ।

समग्र जनउत्थान केन्द्रको आयोजनामा दिवसको अवसरमा शहिदनगरपालिकाकी उपमेयर शिलादेवी कापरले महिलालाई सशक्त रुपमा अघि बढ्न आह्वान गरिन । महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबार संगसंगै सरकारी कार्यालय र घर बाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरिन् ।

८ मार्चका दिन मनाइने नारी दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरु भएको इतिहास छ । नेपालमा पछिल्लो समय संविधानले नै गरेको व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्त रुपमा स्थापित भएपनि अझै विभेद कायम रहेको उपमेयर शिला देवी कापरको भनाई थियो ।

युकेएडको आर्थिक सहयो, भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टको सहकार्यमा भएको समुदाय प्रहरी सम्वाद कार्यक्रममा संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा प्रमुख वा उप-प्रमुख मध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच पुर्‍याएकोमा खुशी व्यक्त गर्दै उपमेयर कापरले महिलाका लागि संविधानले नै समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिकहकहरुको प्रत्याभूति गरेको बताए ।

शहिदनगर नगरपालिका न्याययिक समितिका सल्लाहकार हलखोरी कापरले पछिल्ला दिनमा राष्ट्रप्रमुख जस्तो महत्वपूणर् पदमा महिला रहेको विश्वका केही सीमित मुलुकहरुको सूचीमा नेपालले आफूलाई उभ्याउँदै आएको बताए । उनले राज्यले दिएका अधिकारको प्रयोग गर्दै पुरुष प्रधान समाजले बनाएको नियम तोड्दै गए अधिकार स्वतः आफै प्राप्त हुँदै जाने बताए । नारी-नारी बीचको विभेद अन्त्य नहुन्जेल जति नै दिवश मनाए पनि परिवर्तन नहुने बताउँदै महिलाहरुले नारी दिवश औचित्य प्राप्तिको लागि मनाउनु पर्नेमा जोड दिए ।

सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको एउटा कपडा कारखानामा काम गर्ने महिलाहरू आफूमाथि भएको शोषण, असमान ज्याला र पुरुषले भन्दा धेरै समय काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिए । त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको २ वर्षपछि डेनमार्कको कोपेनहेगनमा सम्मेलन भयो । कोपेनहेगन सम्मेलनले गरेको निणर्य अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घको निणर्यअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो । नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ देखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो ।

समग्र जनउत्थान केन्द्रका कार्यक्रम अधिकृत किरण कुमार कणर्ले अन्तर्राष्ट्रिय नारी दिवस र नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन्, उनीहरुमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता रहेको बताए ।

कार्यक्रममा समाजिक परिचालयक बलराम कापरको संयोजनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य प्रतिभा झा, प्याड वुमेन रश्मि कणर्, ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी नायव निरिक्षक बैजुलाल यादव सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०७७ फाल्गुन २५, मंगलवार ०८:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय