मुम्बई : बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।रणबीरकी आमा अभिनेत्री नीतू कपूरले सामाजिक सञ्जालमा रणबीर कपूरको स्वास्थका बारेमा जानकारी गराएकी छिन् ।

सामाजिक सञ्जालमा लगातार रणबीर कपूर कोरोना पोजेटिभ भएको चर्चा चलिरहेको छ ।अहिले आएर नीतूले उक्त खबरको पुष्टि गरेकी हुन् । नीतूले इन्स्टाग्राममा छोरा रणबीरको तस्वीर शेयर गरेकी छिन् ।

तस्वीरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् –‘तपाईंहरु सबैको चिन्ता र प्रार्थनाका लागि धन्यवाद । रणबीर कपूर कोभिड–१९ पोजेटिभ भएका छन् । अहिले उनी औषधि खाइरहेका छन् र स्वास्थ सुधार भइरहेको छ । अहिले उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् । उनले अहिले सम्पूर्ण सावधानि अपनाएका छन् ।’


२०७७ फाल्गुन २५, मंगलवार १५:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय