
जनकपुरधाम : टेलिभिजन पत्रकार विकाश साहको वृतिचित्र (शर्टमुभि) ‘परिक्रमा’ को ट्रेलर सार्वजानिक गरिएको छ ।
पत्रकारिता संगै आफनो लक्ष्य फिल्मसको ब्यानरमा विभिन्न धार्मिक सम्पदा र संस्कृतीहरुको बारेमा वृतिचित्र निर्माणमा सक्रिय पत्रकार साहले मिथिलाको एतिहाँसिक माध्यमिकी परिक्रमाको वृतिचित्रको ट्रेलर बिहिबार सार्वजानिक गरेको छ ।
यस अघि ‘मधुगंगे’ र ‘गेरुका’ नामक वृतिचित्र निर्माण गरेका साहले गत वर्षको मिथिला माध्यमिकि परिक्रमामा दृश्याङ्कन गरेको वृतिचित्र ‘परिक्रमा’ को ट्रेलर आज एक कार्यक्रमका बिच सार्वजानिक गरेको छ । नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गरि पत्रकार साहको सो वृतिचित्र ‘परिक्रमा’को ट्रेलर सार्वजानिक गरिएको छ ।
हेर्नुहोस् प्रोमो !