सप्तरी : सप्तरीको हनुमाननगरबाट नौ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाहा गाउँ पञ्चायत १७ बस्ने वर्ष २८ का फुलकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनकारी दिएको छ।

शनिबार दिउँसो भारतबाट नेपाल प्रवेश गरेका उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले मेहतामाथि शंका लागि चेकजाँच गर्दा उनको साथमा रहेको झोलामा नौ लाख रुपैयाँ फेला परेको थियो।

२०७७ जेष्ठ ११, आईतवार १७:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय