अमेरिका : अमेरिकाको मधेशी समुदायले गठन गरेको मधेशी माझ चर्चित संगठन (MAA)मधेशी एसोसीएसन इन अमेरिकाको अब मधेशी विद्यार्थी कमिटिपनि गठन गर्नलाई युवा अभियन्ता राकेश यादव र रबि साहले पहल गरेका छ ।
बिभिन समय र विपत परिस्थितिमा मा (MAA)ले मधेसी समाजलाई आर्थिक सहयोग देखि लिएर विभिन्न सहयोग गर्दै आएकोले युवा अभियन्ता यादव र शाहले अब विद्यार्थीलाई पनि बिभिन आपत बिपत परेको बेला र अमेरिका आउने इक्क्षुक विद्यार्थीलाई एउटा सहि बाटो देखाई बिभिन जानकारी दिन्नको निम्ति कमिटि गठन गर्न लागेको जनाएको छ ।
यादव हाल अमेरिकाको टेक्सास राज्यको युनिबर्सिती अफ नोर्थ टेक्सासमा कम्प्युटर साइन्स पढ्दै छन् भने साह ओक्लाहोमा स्थित युनिबर्सिती अफ सेन्ट्रल ओक्लाहोमामा इलेक्त्रिकल एंड इलेक्ट्रोनिक्स इंजीनियरिंग अध्यनरत छन । विद्यार्थी कमिटि गठन पस्चात मधेशको भिबिन्न जिल्लाका विद्यार्थी भाइ बहिनिहरु पनि त्यसमा प्रत्यक्ष रुपमा जोड्न सकिन्छ र त्यसमा भएको विभिन्न कलेज र युनिबर्सिटीको सदस्य संग आफु आउने चाहने कलेज र युनिबर्सिटीको बारेमा जानकारी लीइ उचित निर्णय आफै गर्न सकिन्छ भनने सोच रहेको युवा अभियन्ता शाहले बताए । यो कमिटि एउटा विद्यार्थी समुहको लागि एकदम उपयोग पलेटफोरम बनाउने सोच पनि रहेको बताए ।