जनकपुरधाम : रात्रिकालिन दश बजेको समय, सुनसान राजमार्गमा छ । एउटा एम्बुलेन्स चालक सानो किराना पसलमा टक्क रोकिन्छ । साहुँजी दुई बोत्तल पानी दिनुस न, थकित अनुहार, मलिलो मुख, कयौं रात राम्ररी सुत्न नपाएको आँखाको थकानले पानी मागिरहन्छ । पसलेले पानी दिदैन् । पुन एम्बुलेन्स चालक आवाज लगाउँछ, कृपया (प्लिज) पानी दिनुस न, आवाज दिन्छ । यस पटक पसलेले बाहिरैबाट पानीको बोत्तल फालिदिन्छ ।
जनकपुर-काठमाण्डौंको लामो दुरी एम्बुलेन्स सेवा, सिन्धुलीको एक होटेलमा एम्बुलेन्स चालकलाई खाना खान गाडी रोक्छन् । होटलमा खाना खान हात मुख धुन्छन् तर होटल सञ्चालकले एम्बुलेन्स चालक भएको थाहा पाएपछि खाना दिन अक्कमकाउँछ, खाना दिदैन् । अन्त्यमा चालक किराना पसलबाट चाउँचाउँ र बिस्कुट लिएर हुईकिईए ।

एम्बुलेन्स चालक दिन रात नभनी आफ्नो जीवन दाउँमा राखेर बिरामीको सेवामा खटिएका छन् । उनीहरुलाई न खाने ठेगान छ, न सुत्ने, सुत्दा, उठदा, बस्दा, खादा समेत एम्बुलेन्समै २४ घण्टा वित्ने गर्छ । तर जति असहज परिस्थितिमा खटेपनि कोरोना (कोभिड-१९) महामारीमा अपहेलित, अपमानित हुनुपरेको एम्बुलेन्स चालक मन्सुर राईनले गुनासो सुनाए । उनले भने, ‘दिन-रात, गर्मी-जाडो, हावाहुरी नभनी बाह्रै मासे सेवाका लागि फोनको घण्टीसंगै तुरुन्त सेवामा हाजिर हुने हाम्रो चरित्र हो, तर छरछिमेकी तथा ईष्टमित्रबाट समेत अपहेलित र अपमानित हुनुपरेको छ ।’

विगत पाँच वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका जनकपुरका बिमलेश चौधरीले समयमा खाना, पानी र सुत्न नपाएपनि कोरोनाबाट लड्न सुरक्षित उपकरण नहुँदा भयभित रहेको बताए । उनले भने, ‘हामी बिरामीको सेवाका लागि हरपल तयार छौं, तर आवश्यक पुर्वाधार तथा अस्पतालले बिरामीलाई भर्ना नलिदा साह्रै पिडा हुन्छ ।’ चौधरीले एम्बुलेन्स चालक दिनरात बिरामीसंग सम्पर्कमा बस्नुपरे पनि राज्यले आफुहरुको लागि सुरक्षाका सामग्री समेत उपलब्ध नगराएको गुनासो गरे । उनले भने, ‘हामीलाई एम्बुलेन्स मालिक देखि सरकार सम्म कसैले हेरेन, सामान्य ज्वारो, रुघाखोकीको बिरामीलाई समेत अस्पतालले भर्ना नलिदा अस्पतालै अस्पताल धाउनुपर्ने समस्याबाट गुज्रिनुपरेको छ ।’

चिकित्सकले एम्बुलेन्स चालकलाई घरपरिवार भन्दा टाढा बस्न सुझाएपछि आफुहरु अझ बढी संकटमा फसेको चालक रामबाबु महतो बताउँछन् । उनले भने, ‘सधै बिरामी बोक्नुपर्छ, कस्ता-कस्ता बिरामी हुन्छ, कोरोना संक्रमण हामीमा समेत फैलिन सक्छ, तर यही संक्रमण लिएर श्रीमती छोरा-छोरीलाई रोग सार्न कसरी जानु ? आफ्नो जीवनको जोखिम उठाएर खाली हतियार हति दिन लडाई लडनु !’ ‘महामारीका बेला हामी घरमा थन्किन चाहदैनौँ, जनकपुरको बाह्रविघामा भेटिएका एम्बुलेन्स चालक प्रेमकुमार साहले भने, ‘तर हाम्रो ‘सेफ्टी’ भएन, चालकलाई सुरक्षित नगराउँदा बिरामी झनै जोखिममा छ ।’

चालकलाई जीवन बिमा
देशभरिका सम्पुणर् एम्बुलेन्स चालकको निःशुल्क बिमा सरकारले गर्नुपर्ने संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय महाशंकर ठाकुरले माग गरे । उनले भने, ‘एम्बुलेन्स चालक कोरोनाका बिरामी समेत बोकिरहेको छ, तर हामीलाई सुरक्षा सामग्री छैन, हाम्रो सुरक्षाको ग्यारेन्टि कस्ले लिने ?’ सुरक्षित भएर एम्बुलेन्स चलाउन एन्टीब्याक्टेरियल स्प्रे, सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) सरकारले हामीलाई उपलब्ध गराउनुपर्छ । ठाकुरले भने, ‘’बिरामीको सहयात्री, मानवताको सेवा गर्ने एम्बुलेन्स चालकलाई विशेष ध्यान सरकारले दिओस् ।’

२०७७ जेष्ठ २५, आईतवार ०९:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय