नेपालवाणी नेटवर्क
जनकपुरधाम, जेष्ठ ।
सुरुमा ६ कोठाको रुमबाट सुरु भएको होटेल ‘पौवा’ ले नेपाली आतिथ्य सेवा क्षेत्रमा आफ्नो १९ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । रुपन्देहीको ६ वटा कोठाबाट हस्पिटालिटीको सुरुवात गरेको ‘पौवा’ ले जनकपुरधाममा १० करोडको लगानीमा औपचारिक चारतारे होटलको विस्तार गर्न लागेको हो । यो जनकपुरधामको लागि औपचारिक रुपमा पहिलो तारे होटल हुनेछ ।

मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित होटलको औपचारिक उदघाटनमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन कार्यक्रम’ समेत आयोजना गर्ने भएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिण सबै ठाउँमा एकै खालको सेवा दिने होटलको रुपमा विकास गर्न लागेको भण्डारीको भनाई छ ।

सोमवार आयेजित पत्रकार सम्मेलनमा उपाध्यक्ष ध्रुवराज ज्यौपानेले १६ स्थानमा पौवा होटल सञ्चालनमा ल्याईएको र आगामी १०० ठाउँ सम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिए । उनले भने, ‘योजना अनुरुप अहिले होटल बन्दैछ । कतै डिपिआरको काम हुदैछ । कतै ठाउँ खोजी हुँदैछ । दस वर्षमा पौवाका सय वटा शाखा बनाउने हाम्रो उद्देश्य हो ।’ १० देखि सय वटासम्म कोठा भएका पौवाको शाखाहरुमा बस्न सामान्य दुई हजार देखि २५ हजार रुपैयाँ सम्मको रुम पाउँछ ।
हाल भैरहवा, बुटवल, गोरुसिंघे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुंगा, धनगढी, नेपालगञ्ज, भरतपुर, मूलकोट, काठमाडौं, पोखरा र कालिन्चोक र जनकपुरमा पौवा खुलिसकेका छन् ।

‘तारे होटल भन्नासाथ महँगो हुन्छ भन्ने सोचिन्छ,’ पौवा जनकपुरका महाप्रबन्धक महेश सिंह भने,’ तर हामीले सुपथ मुल्यमा सबैले खाना खान सक्ने गरी रेष्टुरेन्टमा पेटभर खान सकिने चारतारेको सुरुवात गरेका छौं ।’ होटलमा फरक–फरक सुविधा सहित ६२ वटा कोठा रहेको छ । स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम र स्पा लगायत चारतारे स्तरका आवश्यक पूर्वाधार सञ्चालनमा आइसकेको होटलले जनाएको छ ।

होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडलका रुपमा स्थापित भएको दाबी गर्दै लगानीकर्ता र कर्मचारी दुवैलाई संस्थाको विकास यात्रामा साझेदार बनाइएको बताए । सिंहले भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पन्द्रह सय जनालाई हामीले रोजगारी उपलब्ध गराएको विष्णु भण्डारीको भनाई छ । उनका अनुसार पौवा उद्देश्य नेपाली आतिथ्यता पस्किनु हो । जसमा एक ठाउँको संस्कृति, सभ्यता र खानालाई अर्को ठाउँमा लगेर संरक्षण, सम्बद्र्धन र प्रबर्धन गर्ने लक्ष्य छ ।


