
काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमित ७० लाख नाघेको छ । संक्रमणबाट मृतकको संख्या ४ लाख नाघिसकेको छ ।
वल्डोमिटरका अनुसार कुल ७० लाख ८५ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या ४ लाख ५ हजार छ । ३४ लाख निका भएका छन् ।
अमेरिकामा संक्रमित संख्या २० लाख पुगेको छ । मृतक १ लाख १२ हजार छन् । ब्राजिलमा ६ लाख ९१ हजार संक्रमित भइसकेका छन् ।
रुसमा ४ लाख ६७ हजार, स्पेनमा २ लाख ८८ हजार, बेलायतमा २ लाख ८६ हजार भारतमा २ लाख ५७ हजार संक्रमित संख्या छ ।
कोरोना भाइरसको खोप र औषधी विकास नहुँदा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।