शिव पौडेल

पोखरा : गत वर्षको डिसेम्बर १९ मा देखिएको कोरोना भाइरस कोभिड– १९ पछिल्लो समय २१३ भन्दा बढी देशमा फैलिसकेको छ । अहिलेको स्थितिमा विश्वनै एउटा संक्रमणकालिन परिस्थितिबाट गुज्रिरहेको छ । डब्लु.एच्. ओले महामारीको संज्ञा दिइसकेको यस कोरोना भाइरसले आफ्नो दायरा दिन प्रतिदिन बढाइरहेको छ । यस्तो विसम परिस्थितिमा विश्व अर्थतन्त्र डामाडोल भएको छ ।

यस भाइरसबाट नेपाल पनि अछुतो भने रहन सकेन । नेपालमा कोरोना भाइरस फैलिनुमा खुला सिमाना र स्वास्थ्य क्षेत्रमा कम लगानी नै मुख्य कारण हुन् । कोरोना भाइरसले सबैखाले व्यापार व्यवसाय गर्नेलाई असर पारेको त छदैछ मुख्यतः दैनिक गुजारा गरेर खाने मानिसहरु यसको मारमा परेका छन् । दिनभर काम गरेर विहान बेलुका छाक टार्ने मजदुरको लागि कोरोना भाइरस अभिसाप बनेको छ । कतिपयको घरमा चुलो बल्न छाडेको छ भने धेरैले आफ्नो रोजगारी गुमाएर बेरोजगार भइसकेका छन् ।

त्यही परिस्थितिमानेपालको शिक्षा क्षेत्र पनि पूूर्ण रुपमा ग्रस्त भएको छ । विधार्थीहरु गएको तिन महिनादेखि स्कुुल कलेज जानबाट वञ्चित भएका छन् । यसैबीच कति विधालयले अनलाइन कक्षाको अभ्यास पनि नगरेका भने होइनन् । हामीलाई यो कोरोनाले शिक्षा क्षेत्रमा नयाँ कुरा गर्ने अवसर पनि दिएको छ । तर यो अवसरलाई सदुुपयोग गर्न विभिन्न पक्षबाटपहल गर्न जरुरी छ ।

कोभिड–१९ को प्रभावले प्राविधिक संसारलाई प्रवद्र्धन गर्न एक हदसम्म सफल भएको पनि छ । साधारण भन्दा साधारण मानिस पनि अनलाइन शिक्षा, अनलाइन मिटिङ गर्नको लागि जुम, माइक्रोसफ्ट टिम , गुुगल मिट जस्ता एप्हरु चलाउन थालेका छन् । माइक्रोसफ्ट जस्ता संस्थाले अनलाइन शिक्षाको लागि लाइसेन्स र सपोर्ट पनि दिएको छ । यसले गर्दा शैक्षिक संस्थालाई भविष्यमा आफुुलाई प्रविधिमा अपडेट गर्न पे्ररित गरिरहेको छ । विभिन्न संस्था र व्यक्तिहरुलेवेविनार मार्फत विभिन्न ट्रेनिङ चलाई रहेका छन् ।

यसरी विभिन्न संस्थाले कोरोनाको प्रभावको न्युुनिकरण गर्न खोजेपनि यसको प्रभवकारिता बारे चाहिँ प्रश्न र चुनौति देखिएका छन् । लकडाउन लगत्तै विधार्थीहरु आफ्ना आफ्ना घर गएका छन् । नेपालको सबै भेगमा इन्टरनेटको सहज पहँुुच नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या भएको छ भने सञ्चालनमा आएका अनलाइन कक्षामा पनि विधार्थीको उपस्थिति कम छ । दोस्रो कुरा भनेको प्राविधिक स्तरका विधार्थी र शिक्षकमा सफ्टवेयरको राम्रो ज्ञान नहुुनुु पनि हो । शिक्षकहरुलाई अनलाइन कक्षाको लागि शैक्षिक सामाग्री कसरी बनाउने र विधार्थी समक्ष कसरी पस्किने भन्ने सिपको कमी पनि हो । विधार्थीहरुमा पनि अनलाइन कक्षामा पढाएको सामाग्रीहरुको प्रयोग गर्ने बानी नहुुनालेअनलाइन कक्षाको प्रभावकारिता बारे प्रश्न उठेको छ ।

इन्टरनेटको पहुुँच सबैमा नहुुँदा सरकारले ल्याएको अनलाइन पोर्टल पनि प्रभावकारी हुन भने सकेको छैन । अनलाइन कक्षामा आउने विधार्थीहरुसँग पनि उपयुक्त खालको शैक्षिक सामाग्री नहँुदा पनि शिक्षकहरुलाई अनलाइन कक्षा लिन असहज भएको अनुभव विभिन्न स्क्ल तथा कलेजका शिक्षकहरुले बताउँदै आएका छन् । विधार्थीहरुले अनलाइन कक्षा लिँदा उपयुक्त शैक्षिक सामाग्री प्रयोग नगर्दा शिक्षकले तयार गरेका शैक्षिक सामाग्री पनि उपयुक्त ढंगले प्रयोग गर्न नजान्दा लिएका कक्षाहरुपनि प्रभावकारी नभएको बताउँछन् ।

यसरी यो कोरोनाको प्रभाव दिन प्रतिदिन फैलिरहँदा कोरोना निर्मुल होला र शैक्षिक संस्था अगाडि बढाउँला भनेर बसियो भने हामी शिक्षामा पछि पर्ने निश्चि छ । यसको वैकल्पिक उपाय भनेको अनलाइन कक्षा दुर शिक्षा प्रणालीलाई प्रभावकारी बनाउनुनै हो । माध्यमिक तह र उच्च शिक्षामा हामी यसको प्रयोग गर्न सक्छौ । साना कक्षाहरुमा भने यसको प्रभावकारिता नहुन सक्छ ।

सरकारले गाउँगाउँमा सुुलभ र प्रभावकारी इन्टरनेट सेवा प्रदान गर्ने व्यवस्था गर्नु पर्छ । सरकारले सम्भवभए सम्म अनलाइन कक्षा सञ्चालन गराउने वेबसाइटलाइ इन्टरनेट सेवा दिने हरेक कम्पनीले निःशुल्क ब्याण्डविथ उपलब्ध गराउनुपर्ने निति ल्याउनु आवश्यक छ । अनलाइन शिक्षालाई प्रभावकारी बनाउन एक परिवार एक ल्यापटप भन्ने निति सरकारले ल्याउन जरुरी छ ।

अनलाइन कक्षा उपलब्ध नहुँनेविधार्थीलाई इन्टरनेट सेवा उपलब्ध हुन सक्ने ठाउँमा आउन सक्ने सुविधा उपलब्ध गराउन सक्नुपर्छ । कुनैपनि हालतमा इन्टरनेट सेवाउपलब्ध नहुने विधार्थीहरुका लागि अनलाइन रेकर्डिङ गरेर वेबसाइट तथा युट्युुबमा राख्न सकिन्छ दुर शिक्षालाई अझै प्रभावकारी बनाउनको लागि विभिन्न कदमहरु पनि चाल्न सकिन्छ ।

यसरी डिजिटल शिक्षाको समस्या न्यूनिकरण गर्ने हो भने नेपालको शिक्षामा नयाँ आयाम र पद्धतिको सुुरुवात हुनेमा दुुईमत छैन । यो पद्धतिमा विकास आउँदा महामारीमा पनि प्रभाकारी हुुन्छ नै यसले शिक्षा सर्वसुलभ र सबै तहका विधार्थीहरुको पहुुँचमा शिक्षा पुुर्याउन पनि मदत गर्छ । यस्तो व्यवस्थाले हामी विश्वभरमा शिक्षामा गुणस्तर पनि बढाउन सक्छौ ।

शैक्षिक संस्थाले पनि भौतिक पूूर्वाधारमा धेरै खर्च नहुने भएपछि सस्तो र गुुणस्तर शिक्षा दिन सक्षम हुनैछन् । इन्टरनेटको पहुुँच भएमा दुुर्गम स्थानका विधार्थी जाँच दिन मात्रै शैक्षिक संस्था आए पुुग्छ । यसरी शहरको महंगो बसाईबाट पनि विधार्थी र अभिभावकलाई छुुटकरा मिल्छ ।
त्यसैले यो कोरोना भाइरस एक ठाउँमा चुनौति हो भने अर्को ठाउँमा हाम्रो जस्तो देशको लागि सुनौलो अवसर पनि हो । यो समयलाई ठिक ठाउँमा सदुपायेग गर्नेहो भने हामीले आमुल परिवर्तन ल्याउन सक्छौ । त्यसको लागि सरकार र विभिन्न तहतप्कामा रहेका व्यक्तिहरुले सही निति नियम र आवश्यकताहरु बुझेर सहयोग गर्ने हो भने यो कोरोना भाइरसलाई हराउन त्यति गाह्रो पनि छैन ।हामी सबै आफ्नो ठाउँबाट गर्न सकिने कुनै पनि काममा पछि हट्नु हुँदैन ।

(लेखक : ISMT कलेज काठमाडौंका लेक्चरर हुन् ।)

२०७७ असार २, मंगलवार १७:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय