पोखरा : गण्डकी प्रदेशमा बिहीबार मात्रै थपिएका कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । योसंगै प्रदेशभरि संक्रमितको संख्या तीन सय २४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आजै पहिलोपटक हिमाली जिल्ला मनाङमा कार्यरत एक सरकारी कर्मचारी पनि कोरोना संक्रमित भएका छन । जानकारीका अनुसार ति कर्मचारी कपिलवस्तुका रहेको जनाइएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी पूर्वी नवलपरासीमा ३१ थपिएका हुन । यसैगरी तनहुँमा १५, गोरखा ११, पर्वत र स्याङजामा ९र९ र बागलुङमा एक संक्रमित थपिएका हुन् । संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका रहेका छन् ।

२०७७ असार ४, बिहीबार १०:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय