काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु नागरिकता विद्येयकमाथि छलफल र राय लिन बालुवाटारमा छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत छलफल सुरु भएको जानकारी दिएका हुन् । राज्य व्यवस्था समितिको बैठकमा नागरिकता विद्येयकमाथि छलफल चलिरहेको छ ।
अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो । १० महिनापछि गत मंगलबार बसेको बैठकमा अझै दलहरुबीच सहमति जुटेको छैन् ।