काठमाडौँ । प्रहरीको टोलीले अवैध साल जातको चिरान काठसहित सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बन्दीपुरका रामवृक्ष महतोको घरबाट अवैध काठसहित काठ उद्योग सञ्चालन गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ निवासी २४ वर्षीय रोशनकुमार महतोलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महतोको घरमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ६५.१७ क्यूबिकफिट सालको काठसहित उपकरण बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

महतोको घरको कोठामा लुकाइ राखेको अवस्थामा ९० थान सालको चिरान, झ्यालको तयारी फ्रेम ३०३ थान बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । सोही क्रममा दुई थान मोटर, तीन थान रन्दा, प्वालपार्ने ग्रेन्डर दुई थान, आरा एक थान र आठ इन्च बेन्च ग्रिन्डर एक थानसहित नौ थानलगायतका उपकरणसमेत बरामद भएकोे प्रहरीले जनाएको छ । पक्राउ परेका काठसहित कामदारलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

२०७७ असार ५, शुक्रबार १९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय