बर्दिबास, १२ कात्तिक ।

बर्दिबास नगर पत्रकार सञ्जालका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले आज बिहीबार पदभार ग्रहण गरेका छन् । बुधबार सम्पन्न निर्वाचन परिणामअनुसार निर्वाचन समितिले आज बिहीबार आयोजना गरेको निर्वाचित प्रमाणपत्र प्रदान, सपथ र पद हस्तान्तरण कार्यक्रमबीच सञ्जालका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा निर्वाचित प्रमाणपत्र प्रदान गरिएर निर्वाचन समितिका संयाेजक रामकुमार कार्कीबाट सपथ लिनासाथै नवनिर्वाचित अध्यक्ष विशाल बस्नेत तथा सचिब अमृतकुमार महताेलाई निवर्तमान अध्यक्ष गाेपाल बरालले बैठक निर्णय पुस्तिकासहितका कागजात हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए । त्यसअघि कार्यक्रममा बर्दिबासका सम्पूर्ण सामाजिक सङ्घसंस्थाका तर्फबाट राेटरी क्लव अफ बर्दिबासका अध्यक्ष सुमित्रा भट्टराईले सञ्जालका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताकाे शुभकामना दिदै बधाई ज्ञापन गरेकी थिइन् ।

साे अवसरमा नवनिर्वाचित अध्यक्ष बस्नेतले सञ्जाल पत्रकार हकहित प्रबर्द्धन र पेसागत मर्यादा पालन गर्दै जनसराेकारका विषयहरु निरन्तर उठाइ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम निर्वाचन समितिका संयाेजक रामकुमार कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
सञ्जालकाे गत असाेज -२ गते आयोजित तेस्राे अधिवेसन तथा छैठाैं साधारणसभाले नयाँ नेतृत्व चयन प्रकृयाका लागि पूर्व कर्मचारी समाज महाेत्तरीका अध्यक्ष रामकुमार कार्कीकाे संयाेजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेकाे थियाे । समितिमा बर्दिबास उद्याेग वाणिज्य सङ्घका सचिब रिमनाथ अधिकारी र सञ्जालका संस्थापक सदस्य सुनिता बराल सदस्य रहेका थिए । यही निर्वाचन समितिले गत साेमबारदेखि सुरु गरेकाे निर्वाचन कार्यक्रम बुधबार सम्पन्न गरेकाे हाे ।

निर्वाचनमा अध्यक्ष, सचिब, सहसचिब, काेषाध्यक्ष र चार सदस्यसहित आठ पद निर्विराेध निर्वाचित भए । तर उपाध्यक्ष पदका लागि भने मतदान प्रकृयाबाटै निर्णय गर्नुपर्‍यो । उपाध्यक्षमा प्रतिस्पर्धा गरेका राेशनकुमार महताेले १२ मत प्राप्त गरी जित हासिल गरेका हुन् । यस पदका प्रतिष्पर्धी मनाेजकुमार थापाले १० मत प्राप्त गरे ।

निर्वाचनमा जम्मा २३ मतदातामध्ये २२ जनाले मतदान गरेका थिए ।


२०८३ कार्तिक १३, बिहीबार २०:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय