बर्दिबास, महोत्तरी । कार्तिक ११ गते ।

बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीको नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन समितिले तोकेको निर्वाचन कार्यतालिका अनुसार सम्पन्न निर्वाचन तथा सहमति प्रक्रियाबाट बस्नेतको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

सञ्जालको निर्वाचन कार्यतालिका अनुसार कार्तिक ९ गते उम्मेदवारी दर्ता, रुजु, दाबी-विरोध तथा फिर्ता लिने प्रक्रिया सम्पन्न गरिएको थियो। त्यसपश्चात् बाँकी रहेको उपाध्यक्ष पदका लागि कार्तिक ११ गते दिउँसो १२:०० बजेदेखि १:०० बजेसम्म मतदान भएको थियो।

कुल २३ जना मतदातामध्ये २२ जनाले निर्वाचनमा मतदान गरेका थिए। खसेका २२ वटै मत सदर भएको निर्वाचन समितिले जनाएको छ। मत गणनामा रोशन कुमार महतोले १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी मनोज कुमार थापाले १० मत प्राप्त गर्नुभयो।

उपाध्यक्ष बाहेक अन्य पदाधिकारी तथा सदस्य पदहरूमा भने निर्विरोध रूपमा चयन गरिएको छ।

निर्वाचन समिति सदस्यद्वय रिमनाथ अधिकारी र हेम कुमारी बराल (सुनिता) द्वारा सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार निर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ:

अध्यक्ष: विशाल बस्नेत

उपाध्यक्ष: रोशन कुमार महतो

सचिव: अमृत कुमार महतो

सह-सचिव: सुरेन्द्र कुमार सिंह

कोषाध्यक्ष: उषा आचार्य

सदस्य: शर्मिला कुमारी घिमिरे

सदस्य: राधाकृष्ण शर्मा

सदस्य: सागर बस्नेत

सदस्य: मिथलेश महतो


२०८३ कार्तिक १२, बुधबार २०:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय