काठमाडौँ : बलिउड अभिनेत्री सोनम कपुर आइतबार गरेको एक ट्वीटका कारण विवादमा फसेकी छिन्। फादर्स डेको अवसरमा गरिएको ट्वीटका कारण उनी विवादमा फसेकी हुन्।

उनले आफू पिताकै कारण सफलता प्राप्त गर्न सफल भएको भन्दै ट्वीट गरेपछि धेरैले उनलाई उनलाई ट्रोल गरिरहेका छन्। अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नातावाद, परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेको बेला सोनमले गरेको ट्वीट विवादमा तानिएको हो।

उनले ट्वीटमा लेखेकी छिन्, ‘आज फादर्स डेको मौकामा म एउटा कुरा भन्न चाहन्छु । म आफ्नो पिताकी छोरी हुँ र म उहाँकै कारण आज यहाँसम्म आइपुगेकी छु । मैले विशेषाधिकार पाएकी छु । यो कुनै अपमान होइन । मलाई यी सबैकुरा प्रदान गर्न मेरा पिताले कडा मेहनत गरेका छन् । म कहाँ जन्मिएँ र कसको परिवारको जन्मिएँ भन्ने कुरा मेरो भाग्यले निर्धारण गर्यो । मलाई आफ्नो पिताको छोरी हुनुमा गर्व छ।’

बलिउडमा नातावाद र परिवारवादको विषयमा चर्चा भइरहेको बेला सोनमको ट्वीटले पनि नातावाद दर्साएपछि सामाजिक सञ्जालमा उनको विवाद चुलिएको हो।थुप्रै व्यक्तिहरु सुशान्त सिंह राजपूतको समर्थनमा छन्। बलिउडमा चर्चित निर्माता, कलाकारका सन्तानले मात्रै काम पाउँछन् भन्ने आरोप उनीहरुले लगाएका छन्।

सुशान्तको मृत्युपछि सामाजिक सञ्जालमा फिल्म निर्माता करण जोहर पनि यसै कारण आलोचित भएपछि उनले ट्वीटमा धेरैलाई अनफलो गर्नुका साथै मोबाइन नम्बर पनि परिवर्तन गरेका छन्।

२०७७ असार ८, सोमबार २३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय